मतपेटिका ल्याउने क्रममा सत्रसयमा झडप हुँदा ५ राउण्ड गोली चल्दा ९ घाइते

  • ख-
  • ख+

आँबुखैरेनी : आँबुखैरेनी १ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँच राउण्ड गोली चलेको छ ।

त्यसक्रममा आठ स्थानीय र १ म्यादी प्रहरी घाइते भएको स्थानीय पत्रकार चित्र गुरुंगले जानकारी दिए ।

कांग्रेस र माओवादी केन्द्र समर्थित कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाइ फायर गरेको थियो । त्यसक्रममा पाँच राउण्ड गोली चलेको बताइएको छ ।

मतदान सकेर शिलबन्दी पेटिका ल्याउने क्रममा सवा ६ तिर दुई पक्षबीच झडप हुँदा आठ स्थानीय र एक म्यादी प्रहरी घाइते भएका छन् ।

तर पनि सुरक्षित रुपमा मतपेटिका मतगणनास्थल लगिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी