
दमौलीः स्थानीय तह निर्वाचनको एक दिन अघि आकस्मिक निर्णय गर्दै तनहुँ कांग्रेसले बागी उम्मेदवारी दिएका तथा उनीहरुलाई सघाएको अभियोगमा नेताहरुमाथि कारबाही गरेको छ ।
यसरी कारबाही भोग्नेमा संविधान सभासद झुलबहादुर आलेसँगै बागी उम्मेदवारी दिएकालाई पनि कारबाही गरेको छ ।
संविधान सभा सदस्य आले र ऋषिङ सभापति थापामाथि कार्वाही
नेपाली कांग्रेस तनहुँले संविधान सभा सदस्य झुलबहादुर आले र नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति तिलबहादुर थापालाई निलम्बन गरेको जनाएको छ । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्धमा गतिविधि गरेको भन्दै आले र थापालाई निलम्बनल गरेको तनहुँ काङ्ग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
स्वतन्त्र उम्मेदवार जोशीसहितलाई कारबाही
त्यस्तै अनुशासन समितिले नेपाली कांग्रेसका कैची चिन्ह लिएर व्यास नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका दीपकराज जोशी , भानु नगरपालिका वडा नं १ का क्रियाशिल सदस्य नारायण पन्थ , भानु नगरपालिका वडा नं ११ सदस्य हस्तबहादुर क्षेत्री , भानु नगर समितिका सचिव सीताराम बानियाँ ,म्याग्दे ३ का क्रियाशिल सदस्य गंगादत्त अधिकारी ,सीता अधिकारी , क्षेत्रीय प्रतिनिधी रामचन्द्र श्रेष्ठ , म्याग्दे गाउँपालिका वडा नं १ का क्षेत्रीय प्रतिनिधी विष्णुबहादुर थापा , मुक्तिनाथ खनाल ,आँबुखैरेनी गाउँपालिका वडा नं २ का क्षेत्रीय प्रतिनिधी कटकबहादुर थापा , आँबुखैरेनी वडा नं ५ का क्षेत्रीय प्रतिनिधी पञ्चबहादुर गुरुङलाई कार्वाही गरेको जनाएको छ । बिज्ञप्तिमा २ जना निलम्बन र ११ जनालाई कार्वाही गरेको उल्लेख छ ।



यसैगरी, यस अघि नै पार्टीबाट राजीनामा घोषणा गरेका संगठन विभाग प्रमुख विश्व बाँस्तोलासहित स्वतन्त्र उम्मेदवारी दिएकाहरुको राजीनामासमेत पार्टीले स्वीकृत गरेको जिल्ला सभापति जीतप्रकाश आले तथा अनुशासन समिति सभापति केशबहादुर सुनारद्वारा जारी बेग्लाबेग्लै विज्ञप्तिमा छ ।