दमौलीका चियापसल अरु बेला भिडभाड, चुनावमा मतदाता हिंडेपछि सुनसान

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मिति र उम्मेदवार घोषणा भए देखि दमौलीमा नाम चलेका चिया पसल कहिल्यै खाली भएनन् । शुरुमा पार्टीबाट उमेदवार पाउने कसरतका बहसमा तातेका चिया पसल टिकट वितरण पछि हारजितको समीक्षामा बदलिए ।


समग्र देश अनि खासगरी तनहुँका कुन स्थानीय तहमा कुन दलका कुन उमेदवार बलियो भन्ने मै चिया बहसहरू केन्द्रीत रहन्थ्ये । मतदाताहरूको बाक्लो उपस्थिति र धेरै भन्दा धेरै संघसंस्थामा आवद्ध तथा राजनीतिक ब्यक्तित्व सबै चिया पसलमै हुने हुँदा उमेदवार पनि त्यहाँ आफ्नो पक्षमा माहेल बनाउन आएकै हुन्थ्ये ।


उमेदवार अनि केन्द्रीयस्तरका नेताहरू समेत आउने भए पछि दमौलीमा नाम चलेका खासगरी बिकास चिया पसल, रूचन खाजा घर र शुरेस मिष्ठान्न भण्डारमा मानिसको बाक्लो भिड लाग्दथ्यो ।
निर्वाचन घोषणा भए देखि भिडभाड भएका चिया पसलहरू मतदानको अघिल्लो दिन बिहिबार भने एकाएक सुनसान भयो । ‘हिजो देखि नै मानिसको चहलपहल कम थियो तर आज त झनै सुनसान भयो,’ बिकास चिया पसल सञ्चालक इन्दु शाहीले भनिन् ।


‘अहिले मतदाता हरू गाउँमा भोट हाल्न गएकोले सुनसान भएको हो,’ शाही भन्छिन् । दुई दिन अगाडि सम्म ३०÷३५ लिटर दुधको चिया बेचेको भन्दै उनले अहिले भने १० लिटरमा झरेको सुनाइन् ।
चिया खाने ग्राहक भोट दिन गाउँ गएकाले ब्यापार कम भएको हो भन्दै शाहीले
दमौली घर भएका र हाल काठमाडौ तथा अन्यत्र बसेका मानिसहरू भने आएकोले फाट्टफुट्ट भएको बताइन् ।

शाहीको जस्तै अनुभव रूचन खाजा घरका सञ्चालक चन्द्रकुमार कायस्थको पनि छ । उनले पनि २÷३ दिन यता व्यापार कम भएको बताए । अहिले मौन अवधि पनि छ सबै आआफ्नै भित्री रणनीतिमा पनि भएर होला चिया बहसमा कमी आएको छ कायस्थले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी