स्थानीय तह निर्वाचनः ४ सय ४५ पदका लागि १६३७ उम्मेदवार, सबै ठाउँमा मतपत्र पुग्यो

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
शुक्रबारका लागि तय स्थानीय तहको निर्वाचनअन्र्तगत तनहुँमा आवश्यक पर्ने मतपत्र सहितको सामान मतदान केन्द्रमा पुगेको छ ।


निर्वाचनका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत,सुरक्षाकर्मी र कर्मचारी समेत मतदान केन्द्रमा पुगेका छन् । जिल्लामा रहेका २९७ वटै मतदान केन्द्रको लागि आवश्यक पर्ने ६१ प्रकारका सामान लिएर मतदान अधिकृतहरु मतदान केन्द्रमा पुगेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा कूल ४ सय पैतालिस पदका लागि १ हजार ६ सय ३७ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको दश वटा पालिकाका प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाध्यक्ष र ८५ वडाका वडाध्यक्ष र सदस्य गरी उक्त संख्यामा उम्मेद्वारहरुको प्रतिस्पर्धा हुदैछ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रमुख पदमा अठ्ठाइस,उपप्रमुखमा अठ्ठाइस,अध्यक्षमा तेतीस,उपाध्यक्षमा एकतिस,वडाध्यक्षमा तीन सय साठी,वडासदस्य खुल्लामा छ सय तीन,महिला वडा सदस्य दुई सय ८६ र दलित महिला सदस्यमा दुई सय ७५ गरी कूल एक हजार छ सय ३७ जना उम्मेद्वार रहेका छन् ।

्जिल्लाभर कूल दुई हजार तीन सय छयत्तहर जना कर्मचारी परिचालन गरिएको प्रमुख ढकालले बताए । निर्वाचन निष्पक्ष, धाँधली र भयरहित बातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए ।
चुनावी तयारी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी