सर्वदलीय बैठकमा गएका कार्यकर्तालाई एमालेले कुट्योः कांग्रेस

  • ख-
  • ख+

घिरिङः सर्वदलीय बैठकमा सहभागी हुन घिरिङ गएका आफ्ना कार्यकर्तामाथि कुटपिट भएको भन्दै नेपाली कांग्रेसले कारबाहीको माग गरेको छ ।


एमालेका कार्यकर्ता भुवन विकलगायतको कुटपिटबाट पार्टी घिरिङ सभापति यामबहादुर थापामाथि कुटपिट भएको कांग्रेस सभापति जीतप्रकाश आलेद्वारा जारी विज्ञप्तिमा छ ।


घटनाले शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन्छ भन्नेमा आशंका पैदा भएको उल्लेख गर्दै विज्ञप्तिमा दोषी विकसहितका व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासनसँग माग गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी