जिससले भन्यो,‘अवैध क्रसर बन्द गर्नु’

  • ख-
  • ख+

दमौली : जिल्ला समन्वय समितिले अवैध गिटी क्रसर बन्द गर्न निर्देशन दिएको छ । यस अघि नै निर्देशन दिए पनि बन्द नभएको भन्दै समितिले बन्दीपुर गाउँपालिका ६ सराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर उद्योग कानुन अनुसार चलेको नपाइएको भन्दै सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा हालै बसेको बैठकले उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत नपाइएको भन्दै यसो नभैकन उद्योग चलाउन नमिल्ने उल्लेख गरेको छ ।

बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएकामा त्यसमा वातावरणीय प्रभाव मूल्यांकन स्विकृत भएको पत्र पूाप्त नभएको भन्दै शर्त पुरा नहुँदासम्मका लागि उद्योग सञ्चालनमा रोक लगाउन बन्दीपुर गाउँपालिकालाई लेखि पठाउने निर्णय गरेको छ ।

व्यासमा भएको अवैध उत्खनन् रोक्नु
समितिले व्यास नगरपालिकाको क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुंगा, गिटी, बालुवा उत्खनन्, शंकलन तथा ओसारपसार भएको भन्दै आवश्यक प्रक्रिया पुरा नगरिकन उत्खनन् भएको भए रोक्नका लागि व्यास नगरपालिकामा लेखि पठाउने निर्णय गरिएको पनि उल्लेख गरेको छ ।

बैठकले मादी नदी नियन्त्रणका लागि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलाई व्यास नगरपालिकाको सिफारिस पाएपछि काम अघि बढाउन दिने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी