तनहुँ पौडेलको जिल्ला हो, कांग्रेसलाई जिताऔं: देउवा

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला भएको चर्चा गर्दै तनहुँका पार्टी र गठबंधन उम्मेदवारलाई चुनाव जिताउन आग्रह गरेका छन् ।


‘ पौडेल हाम्रो वरिष्ठ नेता हो । उहाँले धेरै त्याग गर्नु भएको छ,’ दमौली अनशन चौतारीस्थित सेन्ट्रल पार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले उपस्थित कार्यकर्तामाझ भने , ‘ उहाँको जिलामा कांग्रेसलाई जिताउनुस् ।’


अहिलेको सत्तारुढ गठबंधनलाई ऐतिहासिक आवश्यकता भन्दै उनले गठबंधन विरुद्ध लाग्ने देशी विदेशी शक्तिलाई पराजित गर्न आग्रह गरे ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनको सरकार बनेपछि पनि संसदमा हंगामा मच्चाउने , अरू पार्टीको सरकार देख्न नसक्ने तानाशाही प्रवृत्ति लाद्न खाेजेकाे देउवाले अाराेप लगाए ।

यस्तो अफ्ट्यारो परिस्थितिमा देशलाई सहि ठाउँमा राख्न गठबन्धन गर्दा गठवन्धन देख्न नसक्ने केही तत्वहरूले अनावश्यक हल्ला फैलाएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी