स्थानीय तह निर्वाचनः कांग्रेसद्वारा दमौलीमा शक्ति प्रदर्शनको तयारी

  • ख-
  • ख+

दमौलीः स्थानीय तह निर्वाचन आउन छ दिन बाँकी रहँदा देशैभर चुनावी सभालाई तीव्र पारेको नेपाली कांग्रेसले दमौलीमा अब केहिबेरमा चुनावी सभा गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै पार्टी प्रवक्ता प्रकाशशरण महतले दमौली सेन्ट्रल पार्कमा हुने सभालाई सम्बोधन गर्दैछन् । पार्टीका केन्द्रीयस्तरका नेताहरु समेतको सहभागीता रहने सभामा जिल्लाभरका विभिन्न स्थानबाट नेता कार्यकर्ता उतार्ने गरी तयारी भैरहेको कांग्रेस सचिव लक्ष्मीभक्त खनालले बताए ।

प्रधानमन्त्री देउवा आउने भए पछि सुरक्षा व्यवस्था कडा
नेपाली काङ्ग्रेस तनहुँ द्वारा दमौलीमा आयोजना गरिएको चुनावी सभाको सम्पूर्ण तयारी पुरा गरिएको छ । देउवा अहिले १२ बजे चुनावी सभामा सम्बोधन गर्न आउने काङ्ग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले बताए ।

प्रधानमन्त्रीसँगै शीर्ष नेताले सम्बोधन गर्ने हड्खलेले बताए । प्रधानमन्त्री आउने भए पछि अहिले दमौलीा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाभर धेरै ठाउँमा एक्लै चुनाव लडेको कांग्रेसले सभामार्फत आफ्ना मतदातालाई आस्वस्त बनाउन खोज्नेछ । भने नयाँ मतदाता पनि आकर्षित गर्ने उसको अपेक्षा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी