आदिकविले भन्यो,‘हाम्रोमा कसैलाई कोरोना छैन’

  • ख-
  • ख+

दमौली : आदिकवि भानुभक्त क्याम्पस दमौलीले क्याम्पसका विषयमा आएको भ्रमका पछि नलाग्न अपिल गरेको छ ।
क्याम्पसका प्राध्यापक, कर्मचारी, सन्चालक समिति, विद्यार्थी लगायतमा कोरोना संक्रमण देखिएको भनेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै क्याम्पसले भर्ना अभियानलाई प्रभावित पार्ने उद्देश्यले हल्ला फैलाइएको भन्दै दुःख प्रकट गरेको छ ।

क्याम्पस परिवारमा बाहिर गलत र भ्रामक हल्ला फैलाईए जस्तो हालसम्म कोही कसैलाई संक्रमण नभएको र ढुक्कसँग भर्ना भइ शैक्षिक अभियान अगाडि बढाउन क्याम्पसले सबैमा आग्रह गरेको छ ।

सन्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाले क्याम्पसमा कोही कसैलाई पनि केही नभएको बताए । ‘कसैलाई संक्रमण देखिएको छैन,’ उनले भने,‘सामाजिक सञ्जाल र बाहिरी हल्लाको पछि नलागौं ।’

यसअघि क्याम्पसमा राखिएको आइसोलेसनलाई पूर्ण निर्मलीकरण गरेर मात्रै सन्चालन गरिएको भन्दै सञ्चालक समिति सदस्य विकास खनालले ढुक्कसँग अध्ययनअध्यापनलाइ अगाडि बढाउन समस्या नरहेको बताए ।

क्याम्पसका केही कक्षामा अनलाइन पढाइ सुरु भएको र अन्यमा समेत अनलाइन कक्षा सन्चालन शुरु गर्ने तयारी भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी