स्वतन्त्र उम्मेदवार जोशी-एमालेको शक्ति प्रदर्शन

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका स्वतन्त्र नगर प्रमुख उम्मेदवार दीपकराज जोशीले आफ्नो पक्षमा शक्ति प्रदर्शन गरेका छन् ।

नेकपा एमाले समेतको साथ पाएका जोशी तथा गठबन्धनबाट एमालेको उपप्रमुख उम्मेदवार बसुन्धरा घर्तीले दमौली बजारमा र्याली गर्दै आफ्नो प्रचारप्रसार अभियानलाई गति दिएका हुन् ।

दुवैका समर्थकले मोटरसाइकल र्याली गर्दै नाराबाजी गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका जोशीले कांग्रेस तथा एमाले र युवा मतका आधारमा चुनाव जित्ने अपेक्षा गरेका छन् ।

उता, कांग्रेसका तर्फबाट उम्मेदवार बैकुण्ठ न्यौपानेले दोश्रो इनिंगमा जित सुनिश्चित गर्न गाउँकेन्द्रीत घरदैलो गरिरहेका छन् ।
कांग्रेसले सभा गर्नु एक दिन पूर्व जोशी समूहले शक्ति प्रदर्शन गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी