स्थानीय तह निर्वाचनः दमौलीमा मन्त्री किसानद्वारा नेकपा एस्को सभा सम्बोधन

  • ख-
  • ख+

दमौलीः स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा व्यास नगरपालिकामा विभिन्न दलहरुले आफ्नो प्रचारप्रसार तीव्र पारेका छन् ।

यसैक्रममा व्यास नगरपालिकाको उप प्रमुखसहित वडाहरुमाा उम्मेदवारी दिएको नेकपा एस्ले आफ्नो पक्षमा माहोल बनाउन शक्ति प्रदर्शन गरेको छ ।

नेपाल सरकारका संघीय मन्त्री कृष्णकुमार श्रेष्ठ किसानको उपस्थितीमा गरिएको कोण सभामा पार्टीका नेताहरु पिएल श्रेष्ठ, जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, कलिला खानलगायत सहभागी थिए ।

मोटरसाईकलको लस्करसहित दमौली बजारको परिक्रमापछि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले आफ्नो पार्टी कमजोर नभएको भन्दै चुनावमा बलियो रुपमा उपस्थित हुने दावी गरे ।
कार्यक्रममा पार्टीका तर्फबाट नगरका उप प्रमुख उम्मेदवार मनमाया श्रेष्ठसहित विभिन्न वडाका उम्मेदवारहरु सहभागी थिए ।

कांग्रेसले शनिबार तय गरेको सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थितीको आम सभापूर्व गठबन्धनमा नगरमा सहभागी नभएको नेकपा एस्ले सभा गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी