
दमौली: उत्कृष्ट सूचना अधिकारी पुरस्कार बाट २०७९बाट व्यास नगरपालिकाका सूचना अधिकारी गाेकर्ण वाग्ले सम्मानित भएका छन्।
उपराष्टपति नन्दबहादुर पुनद्वारा वितरण गरिएको साे सम्मान कार्यक्रम बिहिवार उपराष्टपति भबन लैनचौरमा सम्पन्न भएकाे थियाे।
नगरपालिकाका सूचना अधिकारी समेत रहेका वाग्ले पेसामा कर्मशील,लगनशील र सूचना तथा प्रविधि काे क्षेत्रमा रहि स्थानीय सरकार तनहुँ जिल्लाकाे व्यास नगरपालिका मा रही उल्लेखनीय कार्य गरेकाे तथ्यगत आधारमा राष्ट्रिय सूचना आयाेगले सम्मानित ब्यक्तित्वकाे रूपमा छनाैट गरेकाे हाे।उपराष्ट्रपति कार्यालयले वितरण गरेकाे उक्त कार्यक्रममा उनलाई सूचनाप्रविधिकाे क्षेत्रमा व्यास नगरपालिका धेरै अगाडि रहेकाे र त्यसमा सूचना अधिकारीकाे याेगदान रहेकाे तथ्य छर्लङ्ग भएकाे छ। सूचना तथा प्रविधि कामकै आधारमा सम्मान गरिएकाे उपराष्टपति सम्पर्क कार्यालय लैनचौरले जानकारी दिएकाे छ।
नागरिककाे सुसूचित हुने अधिकार , सूचनाकाे हककाे संरक्षण सम्बर्द्धन र प्रचलन गराउन सहयोग गरेवापत साे पुरस्कार वितरण गरिएकाे हाे।