व्यासको नमूना मतदानः ८ प्रतिशत बदर, मतदाता सचेतना अझै पुगेन

  • ख-
  • ख+

दमौलीः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीस्वरुप दमौली अनशन चौतारीमा गरिएको नमूना मतदानका क्रममा ८ प्रतिशत बढी मत बदर भएको छ ।

तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारको मुटुमै शिक्षितवर्गमाझ भएको नमूना मतदानकै क्रममा आठ प्रतिशत बढी मत बदर हुनुले गाउँका धेरै मतदातामाझ अझै पनि जटिल प्रकृतिको स्थानीय तह निर्वाचनबारे पर्याप्त सूचना नपुगेको महसुस गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसवरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना तथा जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोगमा गरिएको नमूना मतदानमा ६१ मत खसेकामा पाँच बदर भएको महासंघ कार्य समिति सदस्य विकास खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी