चुनावी सभालाई सम्बोधन गर्न देउवा र पौडेल दमौली आउने

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दमौली आउने भएका छन् ।

स्थानीय तह निर्वाचनलक्षित गरी पार्टीले देशैभर तय गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका देउवा शनिबार दमौली आउन लागेको उनका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

देउवासँगै पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा प्रवक्ता प्रकाशशरण महत दमौलीमा हुने चुनावी सभामा सम्बोधन गर्न आउने उनको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी