भानुमा आक्रामक चुनावी प्रचारमा उत्रेका श्रीरामको जित्ने दावी

  • ख-
  • ख+

भानुः भानु नगरपालिकाको उप प्रमुखमा उम्मेदवारी दिएका नेकपा एसका नेता श्रीराम पौडेलले चुनावी प्रचार अभियानबाट आशावादी भएको बताएका छन् ।

नेकपा एसको संगठनको बलमा चुनावी मैदानमा उत्रिएका पौडेल आफूले गरेको सामाजिक सेवा र कांग्रेस, एमाले र माओवादीबीचको विभाजन र उम्मेदवारका आधारमा आफू विजयी हुने आशामा छन् ।

अहिले पौडेल युवाको ठूलो दलबलका साथ चुनावी मैदानमा छन् । तनहुँमा पहिलो पटक चुनावी दौडमा उत्रिएको नेकपा एस्का लागि स्थानीय तहमा विजय गर्नुपर्ने चुनौती छ । त्यसैले पनि पार्टीले यसलाई आफ्नो प्रतिष्ठाको लडाई बनाएको छ ।

घरदैलोमा व्यस्त रहेका पौडेलले दमौली न्यूजसँग भने, ‘मलाई जुन विश्वास र साथ मतदाताले दिनुभएको छ, नयाँ पार्टी भए पनि नगरवासीको मायाले चुनाव जित्नेमा विश्वस्त छु । ‘

उनले विगतमा कांग्रेस, एमाले तथा माओवादीका व्यवहारबाट उदास बनेका मतदाताले काम गर्न सक्ने सक्षम नेतृत्व खोजेको र आफू सक्षम भएको जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्