आँबुखैरेनी उपाध्यक्ष श्रेष्ठद्वारा उम्मेदवारी फिर्ता

  • ख-
  • ख+

आँबुखैरेनी: पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकी आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष उम्मेदवार चिजा श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

उनले एक विज्ञप्ति प्रकाशित गर्दै आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिएको उल्लेख गरेकी छन् ।

आधिकारिक उम्मेदवारविरुद्ध लाग्नु गलत भएको भन्दै उनले उम्मेदवारका पक्षमा लाग्ने विज्ञप्तिमार्फत उल्लेख गरेकी छन् ।

उनको उम्मेदवारी फिर्ता गराउन वरिष्ठ नेता रामचन्द्र पौडेललाई लिएर नेता रेशम गुरुङले भेट गराएका थिए । त्यसलगत्तै विज्ञप्ति आएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी