
दमौलीः नेपाली कांग्रेसले आफ्ना पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध कुनै पनि किसिमको सहयोग नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टी सभापति जीतप्रकाश आलेको सभापतित्वमा बसेको बैठकले आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कुनै पनि हिसाबले नसघाउन निर्देशन दिएको छ ।
बैठकले स्वतन्त्र उम्मेद्वारी दिएका पार्टी सदस्यलाई मौन अवधिअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टी उम्मेदवार लाई सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि गरेको सचिव लक्ष्मीभक्त खनालले बताए ।
व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशीसहित विभिन्न तहमा नगर उप प्रमुख तथा वडाका पदहरुमा बागी उम्मेदवारी परेको छ । कांग्रेसले उनीहरु आक्रामक चुनावी प्रचारमा रहेका बेला यस्तो अनुरोध गरेको हो ।