व्यास १ मा हड्खलेको आक्रामक प्रचारः न्याय पाएका जिउँदा सहिदको जित्ने आशा

  • ख-
  • ख+

दमौलीः २०३६ सालको जनमतसंग्रह ताका रमेश हड्खले विद्यार्थी नेता थिए । देशैभर बहुदलको पक्षमा माहोल बनाउन भारतबाट स्वदेश फर्केका बीपीले सभाको आयोजना गरेका थिए ।


विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा सशक्त योगदान दिएको भूमि तनहुँका हड्खले आफ्नो जिल्ला मात्र नभएर आसपासका जिल्लाका सभामा समेत युवा जोशका साथ लागेका थिए । त्यही क्रममा स्याङजामा बीपीसँगै सहभागी उनको खुट्टामा गोली लाग्यो । अझैसम्म पनि त्यसको अवशेष रहेका रमेशचन्द्र हड्खले शिक्षक संघ र ट्रेड युनियन आन्दोलनमा पनि लामो समय संलग्न रहे ।

पार्टीका लागि योगदान दिए पनि उचित जिम्मेवारी नपाएको उनको गुनासो यसपाली पार्टीले सुनेको छ । र, उनले सर्वाधिक मतदाता रहेको व्यास १ बाट वडाध्यक्षको कांग्रेसी टिकट पाएका छन् ।


आक्रामक चुनावी मैदानमा उत्रिएका हड्खले नयाँ नाउँ नभएकाले पनि उनले उत्साहजनक साथ पाएका छन् । लामो समय निर्मल माविको कुशलतापूर्वक सञ्चालन गरेको अनुभव रहेका उनीसँग सामाजिक संघ संस्था चलाउन सक्ने क्षमता, राजनीतिक चेत सबै छ । त्यसैले पनि मतदाताको साथले चुनावमा विजयी हुने आशमा हड्खले चुनावी युद्धमा होमिएका छन् ।

यो युद्धमा उनले विजय पाउँछन् वा उनका समकक्षी पार्टीका पूर्व सहकर्मी चुडामणि दाहाल वा माओवादी केन्द्रका बादल आले वा अन्य उम्मेदवार कसले जित्छन्, अबको केही दिन प्रतिक्षाको विषय बनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी