दानबहादुर श्रेष्ठः गाउँमै बसेर गाउँ बनाउने सपना देख्ने युवाको स्थानीय सरकार यात्रा

  • ख-
  • ख+

ऋषिङः दानबहादुर श्रेष्ठ तनहुँको दक्षिणी भेगका युवामाझ परिचित नाम हो । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर तीन दशक बढी समय बिताएका उनी ऋषिङका बासिन्द्या हुन् ।


नेविसंघदेखि तरुण दल तथा कांग्रेसका विभिन्न मोर्चामा रहँदा आफूलाई अब्बल सावित गरिसकेका उनी सामाजिक काममा दलगत गन्धभन्दा पर रहेर काम गर्छन् । आफ्नै उमेरका धेरै युवा विदेश अनि कतिपय सहरी क्षेत्रमा धन कमाउन गैरहेका बेला नेवारी व्यापारी पृष्ठभूमिको पारिवारिक बगोलबाट पृथक रहेर गाउँ बनाउन लागे ।

समयमा सडक नबन्दाको समस्या लिएर विभिन्न ठाउँ गुहार्ने अनि खबरदारी गर्न उनले निरन्तर गरेको खबरदारीपछि अहिले ऋषिङ भिमादबाट आधा घण्टामै पुग्न सकिने बनेको छ । त्यसमा अरुको पनि हात होला, तर दानबहादुरको निरन्तरको क्रियाशिलता त्यसमा प्रमुख छ, भन्दा फरक पर्दैन ।

जसले गाउँ सम्झेर कमाउने अवसर त्यागे
पैसा कमाएर धनी हुन चाहेको भए मसँग प्रशस्त अवसर थिए, श्रेष्ठ भन्छन्, तर मलाई मेरो गाउँ अविकसित र अलपत्र छाडेर धन कमाउनतिर लाग्न मन लागेन । स्थानीय श्रृंग यातायात व्यवसायी समितिको जिल्ला प्रमुख रहेर समेत काम गरिसकेका उनले त्यसक्रममा पनि ऋषिङ छाडेनन् ।

पहिले ऋषिङको खराब बाटोमा नियमित बस चल्नु पनि सपनाजस्तै थियो । तर निरन्तर क्रियाशिल दानबहादुर बेलाबखत आउने समस्या समाधानमा आफैं अग्रसर भएर पनि यातायात सेवा रोक्न दिएनन् ।

समयमा सडक नबन्दाको समस्या लिएर विभिन्न ठाउँ गुहार्ने अनि खबरदारी गर्न उनले निरन्तर गरेको खबरदारीपछि अहिले ऋषिङ भिमादबाट आधा घण्टामै पुग्न सकिने बनेको छ । त्यसमा अरुको पनि हात होला, तर दानबहादुरको निरन्तरको क्रियाशिलता त्यसमा प्रमुख छ, भन्दा फरक पर्दैन ।

गाउँमै बसेर समस्याका कुरा सञ्चारमाध्यममार्फत मुखरित पार्न उनले लामो समयदेखि गरेको अथक मेहनतले अहिले ऋषिङका धेरै समस्या समाधान भएका छन् । गाउँपालिकामा रहेर काम गर्दा पनि उनले स्थानीय विकाससँगै युवा जागरणमा विशेष जोड दिए । शिव सरस्वती माविको अध्यक्ष भएर विद्यालयमा प्राविधिक शिक्षा ल्याउन उनले अथक मेहनत गरेका छन् ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाई विकासमा प्रमुख सघाउने अधिकारीका रुपमा उनले पुर्याएको सेवा अब जनप्रतिनिधिकै रुपमा बदल्ने अवसरमा परिणत भएको छ । अध्यक्ष श्रेष्ठ गाउँमै बसौं बसौं लाग्ने आफ्नो अभियानमा श्रेष्ठ पनि प्रमुख सहयोगी भएको बताउँछन् ।

र, सायद त्यसैले होला, उनले यसपालीको चुनावमा श्रेष्ठलाई जनताबाट अनुमोदित हुने अवसर पनि दिलाएका छन् । र, दानबहादुर ऋषिङ ८ का वडाध्यक्षको रुपमा यो मौकालाई सदुपयोग गर्न सकिनेमा विश्वस्त छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्