स्थानीय तह निर्वाचनः व्यास १ का स्वतन्त्र उम्मेद्वार रामकृष्ण मतदातामाझ व्यस्त

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका वडा नं १ को वडा सदस्यमा स्वतन्त्र उम्मेद्वार बनेका रामकृष्ण क्षेत्री मतदाताहरुको घरदैलोमा मत माग्न व्यस्त छन् ।

शनिबार चुनाव चिन्ह पाएसंगै क्षेत्री आफ्ना शुभेच्छुकहरुको साथमा घरदैलो अभियानमा निस्किएका हुन् ।

चुनाव चिन्ह दुईवटा कैँची पाएका युवाहरू माझ अत्यन्तै लोकप्रिय क्षेत्रीले प्रत्येक मतदाताको घरघरमा पुगेर मत दिन आग्रह गरेका छन् । क्षेत्रीले खासगरी युवाहरूको साथ पाएका छन् ।

गल्वुबेशी घर भएका क्षेत्रीको ठूलो समुहसहित आक्रामक तरिकाको चुनावी प्रचारप्रसारले माहौल रोचक बनेको क्षेत्रीको चुनावी प्रचारप्रसारमा हिँडेका प्रकाश घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी