एक्लै लड्दा कम्युनिष्ट मिल्ने खतराले गठबन्धनः पौडेल

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्र्त बचाउन गठबन्धन गर्नुपरेको बताएका छन् ।
गठबन्धन गरेर चुनावमा जानु राष्ट्रको आवश्यकता रहेको पौडेलको भनाइ छ । १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँगे्रस तनहुँद्वारा आइतबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।
‘एक्लै लड्दा सबै ठाउँमा जीत हासिल गर्न मुश्किल थियो,’ पौडेलले भने, ‘कमजोर ठाउँमा गठबन्धन गरेका हौं । ‘

कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा भएकाले पनि गठबन्धन गर्नुपरेको उनले बताए । देशका धेरै ठाउँमा सत्तारुढ दलमा आवद्ध गठबन्धनबीच चुनावी तालमेल भएको छ त्यसले राम्रो परिणाम ल्याउने नेता पौडेलको दाबी छ ।

लोकतन्त्र, स्थायीत्व र उपलब्धीको रक्षा गर्न कांग्रेसले गठबन्धन दलहरुबीच तालमेल गरेर अगाडी बढेको स्मरण गर्दै पौडेलले श्रमको सम्मानको लागि कांग्रेसले नै मजदुर आन्दोलनको सुरुवात गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ट्रेड युनियन काँगे्रस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले, उपाध्यक्ष लोकराज सेढाइं लगायतले मजदुरहरुको गाँस, बास र कपासको व्यवस्थाका साथै सामाजिक सुरक्षामा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी