उमेदवार पत्रकारको सदस्यता खारेज

  • ख-
  • ख+

दमौलीः निर्वाचनमा उमेदवार बनेका पत्रकारको सदस्यता स्वतः खारेज हुने भएको छ । शनिबार दमौलीमा आयोजित निर्वाचन आचारसंहिता र पत्रकारको भूमिका विषयकअन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सो कुरा बताएका हुन् ।

‘गत वैशाख ८ गतेको बैठकबाट नै यसबारे निर्णय गरिसकेका छौं,’ उनले भने, ‘पार्टीको झण्डा बोकेर भोट माग्दै हिंड्ने पत्रकारको पनि नवीकरण हुँदैन ।’
पोख्रेलले राष्ट्रको उत्सव निर्वाचन भएको भन्दै निर्वाचनले लोकतन्त्र बलियो बनाउने बताए । पत्रकारको कलमले निर्वाचन निस्पक्ष बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने र त्यसले जनताको असलि मत प्रकट हुने उनको भनाइ थियो ।

नेताले नेतालाई गरेको आरोप लाई प्राथमिकता दिनु हुँदैन पोख्रेलले अन्तर्कृयामा भने । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यायाधीश हरिश्चन्द्र ढुंगानाले निर्वाचनको निष्पक्षता नै आचारसंहिता भएको बताए । आफ्नो अवसर र फाइदाका लागि आचार संहिता मिच्ने प्रवृत्ति अझै बाँकी रहेकोले त्यसलाई निर्मुल पार्न पत्रकारको भुमिका महत्वपूर्ण हुने ढुंगानाको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचन कार्यविधि निर्देशिकाको चुनौति नै आचारसंहिता उल्लंघन भएकोले पत्रकारले त्यसतर्फ सचेत गराउनुपर्ने बताए ।
प्रतिस्पर्धि दलले अर्को दललाई अनावश्यक प्रोपोगान्डा चलाएर भनेको भरमा भन्दा पनि यथार्थ केहो त्यो बुझेर कलम चलाउन उनले पत्रकारलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले , प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य , पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, गण्डकी प्रदेशका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, उपाध्यक्ष अस्मिता खनाल, सचिव प्रताप रानालगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्