स्थानीय तह निर्वाचनः व्यासका मेयर उम्मेदवार जोशीलाई कैंची

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका मेयर तर्फका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले कैंची चुनाव चिह्न प्राप्त गरेका छन् ।

नेकपा एमाले समेतको साथमा उम्मेदवारी दिएका जोशीलाई निर्वाचन कार्यालयले कैंची चुनाव चिह्न दिएको हो ।

कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहबाट उम्मेदवार बनेका जोशीले कैंची चिह्न पाएको भन्दै अब नगरपालिकामा देखिएको विकृति र विसंगतिलाई कैंचीले काट्ने दावी गरे । जोशी समूहबाट एमालेसँगको तालमेलमा चुनाव लडेका २० जनाले सोही चिह्नबाट नगरका विभिन्न पदमा चुनाव लड्ने जोशीले बताए ।

कांग्रेसका मेयर उम्मेदवार बैकुण्ठ न्यौपाने रुख तथा माओवादी केन्द्रका उम्मेदवार अतिन्द्रकेशरी न्यौपाने भने हँसिया हथौडामा घेरो भएको चिह्नका साथ मैदानमा उत्रनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी