काठमाडौंका भानुवासीको त्रिपाठीलाई ऐक्यवद्धता, कांग्रेसले जनता झुक्याउन्नः पौडेल

  • ख-
  • ख+

काठमाडौंः भानु नगरपालिकाका मेयर उम्मेदवार आनन्दराज त्रिपाठीको पक्षमा काठमाडौंवासी
भानुका बासिन्दाले ऐक्यवद्धता जनाएका छन् ।

काठमाडौं बस्दै आएका भानुवासीको राजधानीमा सम्पन्न भेलाका क्रममा सहभागीले उनका पक्षमा ऐक्यवद्धता प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिबीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको आरोप लगाए ।
सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिबीचको पवित्र गठबन्धन भएको दावी उनले गरे ।

लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दावी गरेका उनले सत्तारुढ दलहरुका बीचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको बताए ।

कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै पौडेलले गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरे । पौडेलले कांग्रेसले कम्युनिष्टहरुले जस्तो जनतालाई कहिल्यै नझुक्याएको भन्दै गाउँमै रोजगारी श्रृजना गरी बसौं बसौं बनाउने बताए ।
कार्यक्रममा भानु काठमाडौं प्रजातान्त्रिक समाजले गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता

भानु काठमाडौं प्रजातान्त्रिक समाजले गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, शंकर भण्डारीलगायतले एक भएर चुनावी मैदानमा उत्रनुपर्ने बताए ।

भानुमा कांग्रेसका मेयर उम्मेदवार आनन्दराज त्रिपाठी, वडाध्यक्ष उम्मेदवार हरिकृष्ण श्रेष्ठलगायतले चुनावी अभियानमा सघाउन भानुवासीसँग अपिल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्