स्थानीय तह निर्वाचनः व्यासमा नेकपा एस्का शंकरनारायणसहित १८ को उम्मेदवारी फिर्ता, क कसले फिर्ता गरे ? (सूचीसहित)

  • ख-
  • ख+

दमौलीः उम्मेदवारी फिर्तीको अन्तिम दिन स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका व्यास नगरपालिकाका १८ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

यसरी उम्मेदवारी फिर्ता लिनेमा सत्तारुढ गठबन्धनअन्र्तगत नेकपा एसका उम्मेदवार बढी छन् । कांग्रेसको टिकट वितरणमा असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिने केहीले पनि फिर्ता लिएका छन् ।
यसरी फिर्ता लिनेमा नेकपा एस्का तर्फबाट मेयर उम्मेदवार शंकरनारायण श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार कांग्रेस नेता वृषराज श्रेष्ठसमेत छन् ।

यसैगरी, व्यास ३ बाट उम्मेदवारी दिएका कांग्रेसका रबिन पौडेल तथा व्यास १० का रवि मिश्रले फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेकपा एस्का व्यास ५ वडाध्यक्ष उम्मेदवार रामलाल श्रेष्ठ पनि छन् ।

तर, जोशी समूहबाट बागी उम्मेदवारी दिएका व्यास २ का दीर्घबहादुर थापा, स्वतन्त्र उम्मेदवारी दिएका राकु श्रेष्ठ तथा व्यास १ बाट जोशी समूहतर्फबाट बागी उम्मेदवारी दिएका चुडामणि दाहाल कसैले पनि उम्मेदवारी फिर्ता गरेनन् ।

तर, सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका मेयर उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।

नेकपा एस्का उप प्रमुख उम्मेदवार मनमाया श्रेष्ठले समेत उम्मेदवारी फिर्ता लिइनन् ।

नेकपा एस्ले अन्य वडामा दिएको उम्मेदवारी पनि फिर्ता लिएन ।
विभिन्न वडामा माओवादी केन्द्रले दिएका उम्मेदवारी पनि कायमै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी