कांग्रेस गठबन्धनलाई सकसः फिर्ता होला बागी उम्मेदवारी ?

  • ख-
  • ख+

दमौलीः पार्टीका विभिन्न तहमा उम्मेदवारी दिएका कांग्रेस नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवादेखि गठबन्धनका नेता सबैले अनुरोध गरेका छन् ।


जिल्लास्तरमा टिकट वितरणमा मनोमानी भएको भन्दै व्यास नगरपालिकाका प्रमुख वडादेखि विभिन्न तहसम्ममा बागी उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म पनि असन्तुष्ट पक्षलाई कन्भिन्स गर्न नेताहरु लागिरहेका छन् ।
तर, आफ्ना अनि पैसा र शक्तिमा प्रभावित भएको भन्दै असन्तुष्ट कार्यकर्ता मनाउन नेताहरुलाई सहज भने छैन ।

कांग्रेसबाट कहाँ को बागी ?
व्यास नगरपालिकामा एमालेसंगको तालमेलमा काङ्ग्रेस निकट दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै व्यास नगरपालिकाको प्रमुखमा उद्योगी व्यवसायी एवं काङ्ग्रेसको पुराना नेता बृषराज श्रेष्ठले उम्मेदवारी दिएका छन् । व्यास नगरपालिकाको वडा नं १ मा चुडामणि दाहालसहित विभिन्न वडामा नेताहरुले बागी उम्मेदवारी दिएका छन् । यो क्रम बन्दीपुर, शुक्लागण्डकी, भीमादलगायतका तहसम्म छ ।


बन्दीपुर गाउँपालिकामा कांग्रेस नेता मानकाजी श्रेष्ठ र शुक्लागण्डकी नगरपालिकामा कांग्रेस नेता महेश्वर भट्टराई स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै ऋषिङ गाउँपालिकामा श्रीराम थापाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यता भानु नगरपालिकामा एमाले नेता हरिबहादुर पाण्डेले मेयर पदमा स्वतन्त्र उमेदवारि हालेका छन् । देवघाटमा काङ्ग्रेस नेता छविजंग ठकुरीले अध्यक्षमा स्वतन्त्र उमेदवारी हालेका छन् ।

गठबन्धन दलमा पनि समस्या
सत्तारुढ गठबन्धनमा तालमेल हुने भनिए पनि व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखसहित धेरै पदमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी परेको छ । नगर प्रमुखमा पार्टीका अध्यक्ष शंकरनारायण श्रेष्ठ र उपप्रमुखमा मनमाया श्रेष्ठको उम्मेदवारी छ । व्यास ३, ४, ११ लगायतका वडामा टिकट मागेको पार्टीले व्यास ३ मा नगर अध्यक्ष मंगलप्रसाद श्रेष्ठलाई टिकट दिएको छ । यसले पनि गठबन्धनमा समस्या देखिएको छ ।


गठबन्धनकै दल माओवादी केन्द्रले पनि विभिन्न वडामा उम्मेदवारी दिएकाले व्यासमा तालमेल हुनेमा जटिलता देखिएको छ । विगतमा एउटा वडाबाहेक सबै जितेको कांग्र्ेस यसपाली दलभित्र देखिएको अन्तुष्टि सडकमा पोखिंदा सकेसम्म गठबन्धन दलको साथ लिने पक्षमा छ ।

तर, त्यसका लागि सहयात्री दल र आफ्नै दलभित्रकालाई कत्तिको चित्त बुझाउन सक्छ त्यो भने अबका केही घण्टा हुने कसरतले बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी