प्रेस युनियनले तोक्यो जिम्मेवारी

  • ख-
  • ख+

दमौली: नेपाली काङ्ग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले लोकतन्त्र जोगाउन काङ्ग्रेस बलियो हुनुपर्ने बताएका छन् । विहिवार प्रेस युनियन निकट पत्रकारहरू सँग स्थानीय चुनाबका बारेमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

वाग्लेले काङ्ग्रेस पार्टीका तर्फबाट उमेदवार बनेका सबैले जित्ने बाताबरण बन्ने गरि कलम चलाउनुपर्ने बताए । कार्यक्रममा काङ्ग्रेस जिल्ला सदस्य डम्बरबहादुर अधिकारी, अम्बिका घिमिरे, हुतमणि अधिकारी, प्रेस युनियनका पश्चिमाञ्चल संयोजक एवम् तनहुँ जिल्ला पुर्व अध्यक्ष प्रदिप काफ्ले, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रकाश अधिकारी लगायतले काङ्ग्रेस उमेदवारले जित्नुपर्ने धारणा राखेका थिए ।

उक्त अवसरमा १० वटै स्थानीय तहमा युनियनका पत्रकारलाई जिम्मेवारी तोकेको छ । जसअनुसार म्याग्दे गाउँपालिकामा बिकास खनाललाई जिम्मेवारी दिएको छ ।

यस्तै ऋषिङ गाउँपालिकामा रमेश विकल र सुरज श्रेष्ठ , आँबुखैरेनी र बन्दीपुरमा डिपि अधिकारी , देवघाटमा विपिन कुंवर र संगम सापकोटा , भानु मा रामकृष्ण कुँवर , घिरिङ र भिमादमा प्रताप राना , शुक्लागण्डकीमा ममता गुरूङ र उपेन्द्र खनाल , व्यासमा प्रदिप काफ्ले , मिला दरै , श्रीहरि पौडेल र एलोज श्रेष्ठ लाई जिम्मेवारी तोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्