स्थानीय तह निर्वाचनः न्यौपानेको सम्पर्क कार्यालयको आलेद्वारा उद्घाटन

  • ख-
  • ख+

दमौलीः नेपाली काङ्ग्रेस व्यास नगर सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।

चुनावी सम्पर्क कार्यालयको नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले उद्घाटन गरे । सम्पर्क कार्यालयको उद्घाटन् गर्दै सभापति आलेले जिल्लाभर नै नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए ।

कांग्रेसका नेता तथा कार्यकर्ता एक भएर लाग्नुहोस र पार्टीका उमेदवारलाई जिताउनुहोस् सभापति आलेले भने । आलेले व्यास नगरपालिकामा कांग्रेसले अत्यधिक मत ल्याएर जित्ने बताएका थिए । व्यास नगरपालिका समृद्ध नगर बनाउन पनि कांग्रेसलाई जिताउनुपर्ने सभापति आलेको भनाई थियो ।

नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको सभापतित्वमा भएको कार्यक्रममा व्यास नगरपालिका प्रमुखको उम्मेदवार बैकुण्ठ न्यौपाने , कांग्रेस प्रदेश सदस्य शान्तिरमण वाग्ले , पूर्व सभापति रघुनाथ पौडेल , महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

आले पार्टीको गत जिल्ला अधिवेशनमा न्यौपानेलाई पराजित गर्दै विजयी भएका थिए । तर संयोग उनैको नेतृत्वमा न्यौपानेको टिकट सिफारिस भएको छ भने कार्यालयको समेत आलेले नै उद्घाटन गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी