स्थानीय तह निर्वाचनः कांग्रेस भानुद्वारा चुनाव प्रचारका लागि सामाजिक सन्जाल समिति गठन

  • ख-
  • ख+

भन्सारः नेपाली कांग्रेस भानुले स्थानीय तह निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि भन्दै
संचार माध्यम एवम् सामाजिक सन्जाल समिति गठन गरेको छ ।

बुधबार बसेको कार्य समिति बैठकले यस्तो समिति गठन गरेको पार्टीले जनाएको छ ।

गठित समितिको संयोजकमा नेपाल तरुण दल भानुका प्रवक्ता एवम् नगर सदस्य राजेश कार्की छन् ।

समितिमा सबै वडाका पार्टी सह–सचिव तथा सबै वडाका तरुण सचिव सदस्य रहेको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी