नेकपा एमाले भिमाद ७ बाट बागी उमेद्वारी

  • ख-
  • ख+

भिमाद : नेपाल कम्युनिष्ट पार्टी एमाले को लामो समय देखि राजनिति गर्दै आएका बिर बहादुर बस्यालले नेकपा एमाले भिमाद ७ बाट बागी उमेद्वारी दिएका छन् ।

तनहुँ जिल्ला को १० स्थानीय तह र ८५ वटा मध्ये १ नगर प्रमुख, १ उप प्रमुख, ९ वडा अध्यक्ष, ६ खुला सदस्य रहेको छ । जस मध्ये दलित महिला वडा सदस्यमा आकाङक्षीले उमेद्वारी दिदै गर्दा बैशाख १० गते नेकपा एमाले जिल्ला पार्टी कमिटी इन्चार्ज, सह इन्चार्ज जिल्ला कमिटी पदाधिकारी संग बसेर दलित समुदायको तर्फबाट राजनिति गर्दै गरेका आकाङक्षी उमेद्वार लाई टिकट बाट बन्चित नगरीयो,भेनर दलित कार्यकर्ताले ध्यानाकर्षण गराएका थिए ।

नेकपा एमाले जिल्ला कमिटी ले वास्ता नगरेको भन्दै दलित समुदायाको तर्फ बाट आफुले उमेद्धारी दिएको बस्याले बताए । दलित समुदाय लाई पार्टीले उमेद्वार प्रमुख पदमा नबनाए पछि आफुले बिरोध स्वरुप नेपाल कम्युनिष्ट पार्टी एमाले भिमाद नगर पालिका वडनं ७ बाट पार्टी को बिधान अनुसार जातीय समानुपातिक समावेशी प्रतिनिधित्व गर्ने गरि उमेद्वारी दिएको उनको जिकिर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी