स्थानीय निर्वाचनः भानुमा आनन्दको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा (सूचीसहित)

  • ख-
  • ख+

राजेश कार्की
भानुः
भानु नगरपालिकामा कांग्रेसले महाधिवेशन प्रतिनिधि आनन्दराज त्रिपाठीको नेतृत्वमा चुनावी टिम तयार पारेको छ ।

पार्टीका तर्फबाट भानु नगरपालिकाको उप–प्रमुखमा उमा गोतामेको उम्मेदवारी परेको छ । यसैगरी विभिन्न वडामा वडाध्यक्षसहित उम्मेदवारी दिइएको छ ।

सत्तारुढ माओवादी केन्द्र र नेकपा एककिृत समाजवादी पार्टीसँग चुनावी तालमेलको लक्ष्य राखिए पनि कुरा नमिल्दा कांग्रेसले सबै पदमा उम्मेदवारी दिएको हो । तर, उम्मेदवारी फिर्ताको समय बाँकी रहेकाले अझै पनि सम्भावना जिवितै रहेको जानकार श्रोत बताउँछ ।

कांग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवारको सूची
वडा नाम
१– कान्छिमाया तामाङ
२– नविनराज दाहाल
३– तुलकुमार गुरूङ
४– अर्जुन बहादुर बोहरा
५– नहकुल अधिकारी
६– धिरेश खनाल
७– खुम प्रसाद श्रेष्ठ
८– ईश्वर बहादुर घिमिरे
९– हरिकृष्ण श्रेष्ठ
१०– हरिहर उप्रेती
११– रविन भुजेल
१२– बेल बहादुर अधिकारी
१३– राम बहादुर बानियाँ
यसबाहेक नेकपा एमालेले सीताराम बजगाईंलाई मेयर उम्मेदवारका रुपमा अघि सारेको छ । नेकपा एकिकृत समाजवादीले उपमेयरमा श्रीराम पौडेलको उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रले भने भानुको उपप्रमुखमा ओमकुमारी पौडेललाई टिकट दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी