
बिकास खनाल
वैैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनीतिक दलले जिल्लाका १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् ।उमेदवारि दर्ताकाे काम राति २ बजेसम्म चलेको थियोे ।
तनहुँमा नेपाली कांग्रेस, नेकपा एमाले ,माओवादी केन्द्र , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),विवेकशिल साझा , जनता समाजवादी लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । यसैक्रममा व्यास नगरपालिकामा कांग्रेसको तर्फबाट नगरप्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ ।
कांग्रेसको तर्फबाट वडा नं १ मा रमेशचन्द्र हड्खले ,वडा नं २ मा काशीराम श्रेष्ठ ,वडा नं ३मा अनुप राना ,वडा नं ४मा देवबहादुर गुरुङ,वडा नं ५मा यज्ञ खनाल , वडा नं ६मा कुमार गुरुङ, वडा नं ७ मा सतिसचन्द्र न्यौपाने , वडा नं ८ मा युवराज गुरुङ, वडा नं ९ मा शुरेस थापा , वडा नं १० मा खेमराज पोखरेल ,वडा नं ११ मा दलबहादुर दुरा ,वडा नं १२ वमबहादुर थापा ,वडा नं १३ मा वसन्तबहादुर आले र वडा नं १४ मा काजीमान श्रेष्ठ उम्मेदवार बनेका छन् ।
यस्तै भानु नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा आनन्दराज त्रिपाठी,उपमेयरमा उमा गोतामे , बन्दीपुर गाउँपालिकाको अध्यक्षमा ध्रुवलाल प्रधान र उपाध्यक्षमा सविता गुरुङले उम्मेदवारी दिएका छन् ।
नेपाली काङ्ग्रेस आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापा , उपाध्यक्षमा पवित्रा गौली , देवघाटको अध्यक्षमा तिलबहादुर थापा रहेका छन् । त्यस्तै म्याग्दे गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षमा माया राना , उपाध्यक्षमा बालकृष्ण घिमिरे उम्मेदवार बनेका छन् ।
ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा उम्मेदवार बनेका छन् ।त्यस्तै भिमाद नगरपालिकाको उपप्रमुखमा मिलन आले , घिरिङ गाउँपालिकाको अध्यक्षमा गंगा कुमाल र शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्ण पण्डित उम्मेदवार बनेका छन् ।
यस्तै नेकपा एमालेबाट म्याग्देकाे अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्षमा रत्ना घिमिरे , ब्यास नगर पालिकाकाे उपमेयरमा बसुन्धरा घर्ती , शुक्लागण्डकि नगरपालिकाकाे मेयरमा मुक्तिनाथ तिमिल्सिना , उपमेयरमा फुलमाया वाग्ले , अाँवुखैरेनि गाउँपालिकाकाे अध्यक्षमा ऋषि केसी , उपाध्यक्षमा मिना अधिकारी , भिमाद नगरपालिकाकाे मेयरमा दधिराज सुवेदी , उपमेयरमा सारदा खनाल , भानु नगरपालिका मेयरमा सिताराम बजगाइं , देवघाट गाउँपालिका अध्यक्षमा दुर्गबहादुर थापा , उपाध्यक्षमा सावित्री न्याैपाने , ऋषिङ गाउँपालिकाकाे अध्यक्षमा हरिराज कँडेल , घिरिङ गाउँपालिकामा अध्यक्षमा हाेमबहादुर थापा र उपाध्यक्षमा राधादेवि अधिकारी रहेका छन् ।
यस्तै गठबन्धन गरेका ठाउँमा एमालेकाे समर्थनमा व्यासमा दिपक राज जाेशिले मेयरमा उमेदवारि हालेका छन् । शुक्लाकाे उपमेयरमा नेकपा माअाेवादिका खुमबहादुर बिक , भानुमा एकीकृत समाजबादिबाट उपमेयरमा श्रीराम पाैडेल , भिमादमा समाजबादिवाट मेयरमा काजिमान श्रेष्ठ , शुक्लााकाे मेयरमा कमल गैर्हे र उपमेयरमा रेखा थापा बस्याल , ब्यासकाे मेयरमा शंकर नारायण श्रेष्ठ र उपमेयरमा मनुमाया श्रेष्ठकाे उमेदवारि परेको छ ।
यस्तै नेकपा माअाेवादि केन्द्रबाट व्यासमा अतिन्द्रकेशरी न्याैपाने मेयरमा तथा
उपमेयरमा देवका सुर्खालि , भानुमा सिताराम अधिकारी र
उपमेयरमा अाेमकुमारि पाैडेल, भिमाद उपमेयरमा रामबहादुर थापा , देवघाटमा
अध्यक्षमा शुसिला नेपाल र उपाध्यक्षमा भुवनसिँह गुरूङ , अाँवुकाे अध्यक्षमा शुक्र चुमान र
उपाध्यक्षमा दुर्गा अर्याल , बन्दिपुरमा अध्यक्षमा पुर्णसिँह थापा र उपाध्यक्षमा करूणा गुरूङ , म्याग्देमा दिलिप श्रेष्ठ र दुर्गा थापा , ऋषिङ उपाध्यक्षमा मधुप्रसाद थापा र घिरिङ अध्यक्षमा हरिहर अधिकारीकाे उमेदवारि परेको छ ।