स्थानीय निर्वाचनः ठूला दलमा अझै टुंगिएनन् उम्मेद्वार, दबाब थेग्न नसकेर नेताको फोन अफ

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
वैशाख ३० मा हुने स्थानीय निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर भइरहेको अन्तिम रस्साकस्सीको टुंगो अहिले केही बेरमा लाग्ने भएको छ । सबै पार्टीका आकांक्षी धेरै हुँदा खासगरी ठुला दललाइ उमेदवार टुंगो लगाउन सकस परिरहेको छ ।

उम्मेदवारीको रस्साकस्सी जारी रहँदा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका राजनीतिक दलहरुमा टिकट हात पार्ने होडबाजी चलेको छ भने अर्कोतिर गठवन्धन बैंठक पनि मिलाउनको लागि अन्तिम प्रयासमा छ ।


टिकट हात पार्नका लागि केही दिनदेखि स्थानीय नेता कार्यकर्ता पार्टी कार्यलय तथा नेता वरिपरि घुमिरहेका छन् । अहिले राजनीतिक दलहरुको पार्टी कार्यालय र नेताहरुकोमा ठूलो भीडभाड छ । त्यसलाई थेग्न नसक्दा केही दिन यतादेखि नेताहरूको फोन स्विच अफ समेत हुने गरेको छ ।


नेपाली काङ्ग्रेसको त दमौलीमा दवाव थेग्न नसक्दा फाइल सहित तनहुँका हाइकमाण्ड केन्द्रीय नेताहरू पोखरा पुगेर छलफल गरेको बुझिएको छ । टिकट हात पार्नका लागि १० वटै स्थानीय तहबाट कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु दमौली आएपछि नेताहरू पोखरा पुगेका हुन् । उमेदवार दर्ताको अन्तिम दिन आज टिकट वितरणको विषयलाई लिएर क्षेत्रीय संसदीय समिति र जिल्ला संसदीय समितिको बैठक बस्ने जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले बताए । बैठकमा टिकटको अन्तिम टुंगो लाग्नेछ ।

कतिपयले नेताहरुले टिकटको टुंगो लगाए पनि स्वतन्त्र उम्मेदवारी पर्न सक्ने जोखिमका कारण निर्णय सार्वजनिक नगरेको अनुमान लगाएका छन् ।

FIle photo

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्