स्थानीय चुनावः मेयर चुनाव लड्ने शंकेतका साथ नगर प्रमुख न्यौपाने र उपप्रमुख जोशीद्वारा राजीनामा घोषणा

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको मेयरमा पुनः लड्ने शंकेतका साथ नगर प्रमुख वैकुण्ठ न्यौपाने तथा उप प्रमुख मीरा जोशीले पदबाट राजीनामा घोषणा गरेका छन् ।

उपप्रमुख मीरा जोशीसमक्ष राजीनामा दिएका न्यौपाने र जोशीसँगै आकांक्षीहरुको नाम प्रदेश समितिमा सिफारिस भएको छ ।

उता, उपप्रमुख जोशीले भने प्रमुख न्यौपानेसमक्ष राजीनामा बुझाएकी छन् । दुवैले राजीनामा दिएसँगै अब उनीहरुको ठाउँमा कार्यवाहकका रुपमा व्यास १३ का वडाध्यक्ष लेखबहादुर रानाले नयाँ प्रतिनिधि नआउँदासम्मका लागि कार्यभार सम्हाल्नेछन् ।

तर, यो समाचार तयार पार्दासम्म कांग्रेसले उम्मेदवारको नाम औपचारिक रुपमा टुंगो लगाउन सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी