
दमौलीः आसन्न स्थानीय तह निर्वाचनको मनोनयनको मिति नजिकिंदै गर्दा दलहरु उम्मेदवारको नाम टुंग्याउन घनिभूत छलफलमा छन् ।
यसैक्रममा नेकपा एमाले तनहुँले पदाधिकारी बैठक डाकेको छ । बैठकबाट जिल्लाका विभिन्न तहका उम्मेदवारको नाम टुंगो लगाउने तयारी भएको नेता खिम कुमालले जानकारी दिए ।
नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गर्दै उम्मेदवारको नाम टुंग्याउन बैठकमा रहेको भन्दै फोन नउठ्न सक्ने बताएका छन् ।
नेता कुमाल तथा राजेश्वर ढकाललगायतले सामाजिक सञ्जालमा यस्तो पोष्ट राखेका छन् । गोपनीयता र सदस्यको दबाब थेग्नसमेत यो जुक्ति अपनाएको हुनसक्ने आँकलन गरिएको छ ।