कांग्रेसद्वारा प्रदेशमा उम्मेदवार नाम सिफारिस, भानुबाट १६ र व्यासबाट १२ प्रमुखमा सिफारिस, कहाँ को को परे (सूचीसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँले जिल्लाका विभिन्न तहबाट आएका तह प्रमुखको उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ ।

हरेक तहगत समिति हुँदै क्षेत्रबाट आएका नामसहित प्रदेशमा उम्मेदवार चयनका लागि नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालले दमौली न्यूजलाई जानकारी दिए ।

‘हामीले आएका नाम सिफारिस गरेका छौं,’ उनले भने । यसरी नाम पठाउनेमा व्यासबाट १२ जना मेयर र चार उप प्रमुख, शुनपाबाट ११ प्रमुख र आठ उप प्रमुख छन् । जसमा दुवै तहका बहालवाला प्रमुखसमेत छन् ।

भिमादबाट प्रमुखमा सात तथा उप प्रमुखमा आठ जनाको नाम सिफारिस भएको छ ।
भानुबाट भने प्रमुखमा १६ जना तथा उपप्रमुखमा छ जना सिफारिस भएका छन् ।


अरु गाउँपालिकाको अन्तिम विवरण प्राप्त भैसकेको छैन । तर पनि यस अघि तह र प्रदेश क्षेत्र समितिबाट आएकै नाम प्रदेश समितिमा जाने बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्