स्थानीय चुनावः अस्तित्व स्वीकार नगरे भानुमा एक्लै चुनाव लड्ने नेकपा एस्का मेयर उम्मेदवार पौडेलको चेतावनी

  • ख-
  • ख+

भानुः नेकपा एसबाट भानु नगरपालिकाका मेयर उम्मेदवार श्रीराम पौडेल नेतृत्वको टोलीले भानुमा गठबन्धनका नाममा आफ्नो पार्टीको अस्तित्व स्वीकार नभए एक्लै चुनाव लड्ने चेतावनी दिएको छ ।
आफ्नो नेतृत्वमा कार्यकर्ताको एक टोली लिएर दमौली आएका पौडेलले पार्टीको हैसियतअनुसार गठबन्धन हुनुपर्ने माग गरे ।

पार्टी केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठसहितका नेता कार्यकर्तालाई भेट्दै पार्टी नगर कमिटीले भानुमा आफ्नो पार्टीका लागि मेयर पाउनुपर्ने माग गरेको छ । पौडेल पछिल्लो समय नेकपा एस्बाट भानुको मेयर चुनाव लड्ने चर्चा छ ।

पार्टी केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठसहितका नेता कार्यकर्तालाई भेट्दै पार्टी नगर कमिटीले भानुमा आफ्नो पार्टीका लागि मेयर पाउनुपर्ने माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी