
दमौलीः नेकपा एमालेले व्यास नगरपालिकाको आसन्न स्थानीय निर्वाचनलक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले व्यास नगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्ट समूहसँग सहकार्यको घोषणा यसअघि नै गरेको छ ।
पार्टीले व्यास नगर उप प्रमुखमा बसुन्धरा घर्तीलाई उठाउने चर्चा छ । व्यास ४ की वडा सदस्यसमेत रहेकी उनले यसैलाई लक्षित गर्दै निर्वाचन आयोगको समयसीमा अघि नै राजीनामा घोषणा गरेकी छन् ।
नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् तनहँुकी अध्यक्ष घर्ती पछिल्लो समय एमालेको राजनीतिमा अगाडि छन् ।