सुरेशको चियापसलमा मन्त्री किसानको जमघट (तस्बिरहरु)

  • ख-
  • ख+

दमौलीः दमौलीमा अक्सर हरेक बिहान चियापसलमा चहलपहल रहन्छ । स्थानीय राजनीतिदेखि देश विदेशका मुद्दामा बहस हुने ठाउँ पनि चियापसल नै हो । चियापसलमा पनि कतिपय पार्टीगत अड्डा पनि छन् ।

जस्तो, गणेशमानचोकको छोले माइला चियापसल अनि कफि बज कांग्रेस नेताहरुको अड्डा मानिन्छ । विकासको चिया पसलमा पनि अधिकांश कांग्रेसीकै चहलपहल रहन्छ ।

कांग्रेसी नेतासमेत रहने भए पनि अधिक कम्युनिष्ट नेताको चहलपहल रहने सो चियापसलमा स्थानीय मुद्दादेखि चुनाव अनि युक्रेन रसिया युद्धसम्ममा बहस हुने गरेको छ ।

तर कम्युनिष्ट बाहुल्यता रहेको अर्को चियापसल पनि छ दमौलीमा , त्यो हो सुरेशको चियापसल । कांग्रेसी नेतासमेत रहने भए पनि अधिक कम्युनिष्ट नेताको चहलपहल रहने सो चियापसलमा स्थानीय मुद्दादेखि चुनाव अनि युक्रेन रसिया युद्धसम्ममा बहस हुने गरेको छ ।

गठबन्धन घोषणा भएसँगै तनहुँमा पनि जिल्लाभर सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने चर्चाकाबीच बजारको माहोल बुझ्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पनि दमौलीको सोही चर्चित चियापसल पुगेका छन् ।

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका उनी चिया पसलमा पुगेर स्थानीय चुनाव केन्द्रीत नगरको राजनीति बुझिरह्ेका छन् । अर्का केन्द्रीय सदस्य एवं पार्टी जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठसँगै पुगेका उनले यस अघि तत्कालीन एमालेबाट ल्याएको मत अब आफ्नो पार्टीसँग कति तान्न सकिन्छ हिसाबकिताब गरिरहेका छन् ।

आगामी चुनावसमेत लड्ने योजनामा रहेका उनले स्थानीय चुनावमा सोही आधारमा टिकट माग्ने र भावी चुनावमा बलियो बन्ने रणनीति बनाएको श्रोत बताउँछ । चियापसलको चहलपहलको तस्बिर उनका स्वकीय सचिव जगत खड्काले यसरी सामाजिक सञ्जालमा राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी