
दमौलीः नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ व्यास नगर समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले राजिनामा दिएका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दै एमाले व्यास २ का वडा सह सचिवसमेत रहेका उनले नेताहरुले आफूलाई देवत्वकरण गरेको र जे भन्यो त्यही मान्नुपर्ने अवस्था आएकाले राजिनामा दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ,’कुनै नेताको कुर्सी जोगाइदिन नैतिकतालाई बन्धक राख्न सक्दिन ।’