स्वास्थ्य कार्यालय तनहुँको उपलब्धी बेरुजु शून्य, प्रगति ५० प्रतिशत

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य कार्यालय तनहुँले चालू आर्थिक वर्षको चैत्रसम्ममा बेरुजु शून्य रहेको बताएको छ । हालसम्म बजेटको प्रगति पनि ५० प्रतिशत रहेको कार्यालले बताएको छ ।

कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख शंकरबाबु अधिकारीले प्रदेश र संघको बजेटमा तनहुँ ५० प्रतिशत प्रगतिमा रहेको बताए ।

कार्यालयले तालिम नलिएका स्वास्थ्यकर्मी लाई तालिम, परिवार नियोजन निशुल्क बन्ध्याकरण सिविर, नवजात शिशुको उपचार सम्बन्धि तालिमलगायतलाई प्रगतिको रूपमा लिएको छ ।

यस्तै कार्यालयले प्रदेश तथा जिल्ला स्तरमा खोप अभियानको समीक्षा गर्ने, पूर्ण खोप घोषणा तथा सुत्केरी महिलाको घर घरमा स्वास्थ्यकर्मी तालिम दिने लगायतका कामका योजनाहरू रहेको जनाएको छ ।

धेरै गतिविधि र प्रगति गर्दागर्दै पनि कार्यालयले केही समस्या रहेको बताएको छ । कार्यलय प्रमुख अधिकारीले सहि समयमा सहि समन्वयको अभाव, विभिन्न समयमा थपिएको कार्यक्रम , दक्ष तथा तालिम प्राप्त कर्मचारीको अभाव, विनियोजित कार्यक्रमको बजेट सहि ढंगले विनियोजन नहुनु जस्ता कुराहरू रहेको जनाएको छ ।

कार्यालयले तनहुँमा टाइफाइड विरूद्धको खोप केन्द्र ४ सय ७१ रहेको र ९२ प्रतिशत प्रगति भएको जनाएको छ । पत्रकार अन्र्तक्रियामा कोभिड विरूद्धको खोप अभियान पहिलो चरणमा १०० प्रतिशत र दोस्रो चरणमा ९३ प्रतिशत रहेको प्रमुख शंकरबाबु अधिकारीले बताए । कार्यक्रममा फोकल पर्सन सुदिप कँडेल , महदत्त ढकाल लगायतले कार्यालयको प्रगति तथा अन्य गतिविधिका बारेमा बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी