
दमौलीः माओवादी केन्द्रले व्यास नगरपालिकाको प्रमुखमा अतिन्द्रकेशरी न्यौपानेलाई उम्मेदवार सिफारिस गरेको छ ।
पार्टी कमिटीबाट नगर प्रमुख उम्मेदवारका रुपमा उनको नाम सर्वसम्मत भएको पार्टीनिकट श्रोतले बताएको छ ।
पार्टीले व्यासको उप प्रमुखका लागि श्रृजना सिग्देल र देवा सुर्खाली मध्ये एकलाई अघि सार्ने बताइन्छ ।