स्थानीय चुनाव: १५ राप्रपा प्रवेश, भानुको मेयरमा शेरजंगको उम्मेदवारी घोषणा

  • ख-
  • ख+

दमौलीः राप्रपा तनहुँले भानुको मेयरमा शेरजंग अधिकारीलाई चुनाव लडाउने घोषणा गरेको छ ।


भानु ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा १५ कार्यकर्ता प्रवेश गराउँदै पार्टी जिल्ला अध्यक्ष विनोद घर्तीले अधिकारीलाई मेयर उम्मेदवार घोषणा गरे ।


तरुण दलको सचिव त्याग्दै आएका सुजन कुमाललाई भानु १ को वडाध्यक्ष उम्मेदवार बनाउन लागेको पार्टीले भानु ५ मा कृष्णबहादुर थापा र २ मा दीपक उपाध्यायलाई वडा अध्यक्ष पदका उम्मेदवार घोषणा गरेको छ ।


भानु ६ मा अम्बर थापा पनि वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरिएको अध्यक्ष घर्तीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी