रंगनाथ पौडेल कप सेभेन ए साइडमा नाबरुङ युवा क्लब पहिलो

  • ख-
  • ख+

भानुः भानु नगरपालिका बडा नम्बर ५ द्वारा आयोजित प्रथम रङ्गनाथ पौडेल स्मृति वडास्तरीय सेभेन “ए“ साइड फुटबल प्रतियोगितामा नाबरुङ युवा क्लब नाबरुङ विजेता बनेको छ ।


बिहीबार भएको फाइनल खेलमा जनसेवा युवा क्लब बारिफाँटलाई हराउँदै नाबरुङ विजेता बन्यो ।
जनसेवा भने उपविजेता बनेको छ ।

हटिया–काडेपानी युवा क्लब तेस्रो हुन सफल हुनुभएको छ । कार्यक्रममा भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल टाइसन, जिल्ला समन्व्य सदस्य अर्जुन अधिकारी, वडा सदस्य दीपक थापालगायत जनप्रतिनिधिले पुरस्कार वितरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्