वैवाहिक वर्षगाँठमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • ख-
  • ख+

दमौली: दमौलीका एक दम्पती जोडीले आफ्नो १३ औँ वैवाहिक वर्षगाँठको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । क्षेत्रीय होटल संघ तनहुँ दमौली बजार इकाईका सचिव अनुप दाहाल तथा निरन्जना श्रेष्ठ दाहालले वैवाहिक वर्षगाँठको अवसर पारि व्यास १ मुसेखोलामा रहेको जनसेविका प्राविमा अध्ययनरत स–साना विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

ससाना विद्यार्थीहरूलाइ शैक्षिक उत्प्रेरणा अभिवृद्धि गर्न सहयोग पुगोस भनी झोला तथा शैक्षिक सामग्री वितरण गरेको सहयोगी अनुप दाहालले बताए ।

बाहिर फजुल खर्च गरेर मनाउनुको साटो ससाना बाबुनानिलाइ सहयोग गरि विवाहोत्सव मनाएको भन्दै दाहालले यसमा खुशी लागेको बताए ।

नयाँ वर्षकै दिनमा नयाँ झोला तथा कापी कलम पाउँदा ससाना बाबुनानी निकै खुशी भएका थिए । विद्यालयमा अध्यनरत विद्यार्थीलाई सहयोग गरेकोमा जनसेविका प्रावि परिवारले दाहाल दम्पती परिवारप्रति आभार ब्यक्त गरेको छ ।

सहयोग कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष जीवन शाही, प्रथम उपाध्यक्ष चन्द्रकुमार कायस्थ, दमौली इकाई सभापति शंकर अधिकारी, सीता पहारि, भावना अधिकारी, सन्तोष दाहाल, विनिता सेढार्इं लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी