भानुभक्त प्राणी उद्यानमा वन्यजन्तु सप्ताह सुरु

  • ख-
  • ख+


दमौली: छिर्कनमा रहेको भानुभक्त प्राणी उद्यानमा वन्यजन्तु सप्ताह सुरु भएको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म हुने सप्ताह कार्यक्रमकाे प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले उद्घाटन गरे । मानव वन्यजन्तु सहअस्तित्व : हाम्रो साझा दायित्व भन्ने नाराका साथ सुरु भएको २७ अाैं वन्यजन्तु सप्ताहमा बाेल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले वन्यजन्तुको संरक्षण गर्नु याे कार्यलय स्थापनाकाे मुख्य उद्धेश्य रहेको बताए ।

उद्धेश्य बमाेजिम स्थापना भएको र अब प्रचारप्रसार धेरै गर्नुपर्ने अर्यालको भनाइ थियो ।

कार्यक्रममा भानुभक्त प्राणी उद्यानका प्रमुख भाेजराज पन्थले २०७३ साल माघ २० गते बाट कार्यलय सञ्चालनमा अाएकाे जानकारी दिए । पन्थले ४ सय २५ हेक्टर क्षेत्रफलमा प्राणी उद्यान रहेको भन्दै व्यास नगर पालिकाकाे ११ र १२ नं वडा तथा भानु नगर पालिकाकाे ५ र ६ नं वडा यसमा पर्ने बताए ।

पन्थले
८७ प्रतिशत बन क्षेत्र उद्यानमा रहेको भन्दै पन्थले पानीको श्राेत प्रसस्त भएकोले गर्दा जनावरकाे लागि खुवाउन कुनै समस्या नभएको बताए । कार्यक्रममा
रेन्जर दिपेस मिजारले जंगली जनावरले मानव क्षेत्रमा पारेको असर लाई ध्यान दिँदै त्यस्ता जनावरको मुभमेन्ट कताकता छ भनेर क्यामरा राखि पत्ता लगाउने काम गरेको तथा त्यस्ता जनावरको अावस्यकता हेरि ठाउँ स्थानान्तरण गर्ने गरेकाे बताए ।

मिजारले वन्यजन्तु बाट मानविय क्षति भएको अवस्थामा राहत दिने गरेकाे भन्दै जंगली बँदेल ,चितुवा , हात्ती अादिवाट बढि मानविय क्षति भएको बताए ।

अन्नवालि , पशुधनकाे क्षति , मानविय क्षति अादि बढि हुने गरेको मिजारले जानकारी दिऐ । कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेल , रेञ्जर राजन पण्डित लगायतले मानव बन्यजन्तु सम्बन्धि धारणा राखेको नासु रामहरि खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी