व्यासले मनायो ३० औं स्थापना दिवस, जनतालाई गाउँ गाउँमा बसौं बनाऔं – पाैडेल

  • ख-
  • ख+


बिकास खनाल
दमाैली . नेपाली काङ्ग्रेसका वरिस्ठ नेता रामचन्द्र पाैडेलले जनतालाई गाउँ गाउँमा बस्ने अाफ्नाे धारणा पुन दाेहाेर्याएका छन् । व्यास नगरपालिका नगर कार्यपालिकाकाे कार्यलय काे ३० अाैं स्थापना दिवस उद्घाटनका क्रममा पाैडेलले उक्त कुरा बताएका हुन् ।

वरिस्ठ नेता पाैडेलले देशले मलाई के दियो भन्न भन्दापनि मैले देशलाई के दिएँ भन्ने साेच्न अाग्रह गरे । कसरी कमाउने भन्ने तिर हाेइन ,कसरी काम गर्ने , अाफ्नाे ठाउँ कसरी बनाउने भन्ने तिर साेच्नुपर्दछ पाैडेलले भने । ‘अाधुनिक सेवा सुविधा पुर्याएर गाउँमा बसाैँ बसाै बनाउन तिर हामी लाग्नुपर्दछ’ भन्दै पाैडेलले गाउँ रित्तिदै जानू दुर्भाग्य भएको बताए ।

गाउँ जाँदा विकास र राजनीति सँगसँगै लिएर जानुपर्ने पाैडेलले बताए । १७ सय बाट पुलिमर्याङ जाने बाटोकाे मुल गेटमा सहिदको प्रतिमा राखेर सातवटै सहिदको समान सम्मान गर्नुपर्ने पाैडेलले बताए ।

मादीकाे पानी ल्याएर दमाैली बासिलाइ स्वस्थ पानी खुवाउन पाउनु महत्त्वपूर्ण काम भएको पाैडेलले बताए । पर्यटन, पूर्वाधार, उर्जा शक्ति तथा सामाजिक चेतनाको विकास गर्नुपर्ने भन्दै पाैडेलले अाम्दानि र राेजगारिकाे विकास अबकाे आवश्यकता रहेको बताए ।

एक अर्को प्रसंगमा पाैडेलले गठबन्धन अहिलेकाे आवश्यकता रहेको बताए । परिवर्तनको रक्षा गर्न मुल्य मान्यताकाे राजनीतिलाई रक्षा गर्न , लाेकतन्त्रकाे रक्षा गर्न तथा केपीकाे धङधङी राेक्न गठबन्धन आवश्यकता रहेको पाैडेलले बताए ।

गण्डकी प्रदेशका अान्तरिक मामिला तथा कानुनमन्त्री डोवाटे विकले प्रदेश सरकारले ल्याएको बजेटका बारेमा जानकारी गराएका थिए । स्थापना दिवसका अवसरमा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले अाँफुहरूकाे ५ बर्षकाे कार्यकालमा सकेजति काम गरेको र ती काम अाम जनता माझ छर्लङ्ग रहेको बताए ।

अहिले २० करोडको हाराहारीमा व्यास नगरपालिकाकाे अाम्दानि भएको प्रमुख न्याैपानेले बताए । दमाैली , केशबटार , छिर्कने माेटरमार्गकाे काम अगाडि बढेको जानकारी गराउँदै न्याैपानेले शीत भण्डार , पिसिअार ल्यावकाे काम अगाडि बढेको बताए ।

प्रदेश सांसद सरिता गुरुङ , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , राष्ट्रिय याेजना अायाेगका पुर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पाेख्रेल , भानु नगरपालिका प्रमुख उदयराज गाैली , नेपाली काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ , नेकपा माअाेवादी केन्द्रका अतिन्द्रकेशरी न्याैपाने , प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल , अादिवासि जनजाति अध्यक्ष बसुन्धरा घर्ती , भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खले , पुर्व वडाअध्यक्ष रामचन्द्र बस्नेत , नगर उप प्रमुख मिरा जाेशी, उद्योग वाणिज्य संघका इमकुमार मल्ल , दमौली खानेपानी तथा सरसफाई संस्थाका रिषराज श्रेष्ठ , वडा नं ५ का अध्यक्ष माेहनकुमार श्रेष्ठ लगायतका वक्ताहरूले बाेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्