दमौली: होटल व्यवसायी संघ तनहुँले नेपाली नयाँ वर्षका अवसरमा आज दमौली अनशन चौतारास्थित दमौली सेन्ट्रल पार्कमा लाईभ कन्सर्ट गर्दैछ ।
संघले विगतका वर्षमा झैं यसवर्ष पनि चर्चित पप सांगितिक ब्याण्डका साथमा नयाँ वर्ष मनाउने क्रममा कबवेब ब्याण्डलाई निम्तो गरेको अध्यक्ष दुर्गाविलाश भट्टराईले जानकारी दिए । ब्याण्ड दमौली आइसकेको छ ।
’नयाँ वर्ष मनाउन पोखरा जाने अवस्था रोक्न र दमौलीमै मनोरञ्जनका लागि सांगितिक कार्यक्रम थालेका हौं, यस वर्ष पनि भव्य हुनेछ,’ उनले भने ।मध्यरातसम्म मनोरञ्जनका लागि विशेष व्यवस्था हुने संघले जनाएको छ । विगतमा कोभिड संकटका बेला रोकिएको कार्यक्रम अब निरन्तर हुने संघले जनाएको छ ।
संघका पूर्व अध्यक्ष प्रेमकुमार श्रेष्ठले कन्सर्टमा कबवेबसँगै चर्चित अरु ब्याण्ड, स्थानीय ब्याण्डसँगै डिजे सिद्धान्तको सेसनसमेत रहने जानकारी दिए ।
मध्यरात १२ बजेसम्म चल्ने कन्सर्टका लागि बजारका विभिन्न भाग र अनशन चौतारीमा टिकट बिक्री काउण्टर राखिएको छ ।











