तनहुँका गठबन्धन दलको निर्णयः वडासम्मै सबैको भावना समेटेर गठबन्धन (घोषणा पत्रसहित)

  • ख-
  • ख+

दमौलीः सत्तारुढ गठबन्धनमा आवद्ध तनहुँका दलहरुले सबै पालिकाका वडा तहसम्मै गठबन्धन गरेर चुनावी तालमेल गर्ने घोषणा गरेका छन् ।

जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीको संयुक्त बैठकले जिल्लामा तालमेल गर्ने निर्णय गरेको हो ।

गठबन्धन कार्यदलका सदस्य श्रीराम कार्कीका अनुसार एकीकृत समाजवादीको जिल्ल कार्यालयमा बसेको बैठकमा औचित्यपूर्ण र विश्वासिलो गठबन्धन बनाएर अघि बढ्ने निर्णय गरिएको छ ।

बैठकमा सबै दलले आफूले टिकट पाउने गरी तथ्यगत आधार र प्रस्ताव राखेको भन्दै उनले यसलाई अघि बढाउने सहमति भएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्