व्यासको नगर प्रमुखमा जिल्ला अध्यक्ष श्रेष्ठ र सचिव कार्कीसहित ४ को नाम सिफारिस

  • ख-
  • ख+

दमौलीः नेकपा एस्ले व्यास नगरपालिकाको प्रमुख उम्मेदवारका रुपमा पार्टी जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, सचिव श्रीराम कार्कीसँगै व्यास ४ का वडाध्यक्ष विश्वराज न्यौपाने र दिननाथ लम्सालको नाम सिफारिस गरेको छ ।


पार्टी व्यास नगर अध्यक्ष मंगलप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीका तर्फबाट नगर उपप्रमुखमा मनुमाया श्रेष्ठ, कला पुन र विष्णु खड्काको नाम सिफारिस गरिएको उल्लेख छ ।
पार्टीले १४ वटै वडामा वडाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ ।


व्यास १ को वडाध्यक्षमा दिपबहादुर श्रेष्ठ र श्रीप्रसाद न्यौपाने, व्यास २ को वडाध्यक्षमा श्रीप्रसाद भट्टराई र हरि कार्की, व्यास ३ को वडाध्यक्षमा मंगलप्रसाद श्रेष्ठ तथा व्यास ४ को वडाध्इक्षमा विष्णुप्रसाद दुरालाई पार्टीले सिफारिस गरेको छ ।


यसैगरी, व्यास ५ को वडाध्यक्षमा रामलाल श्रेष्ठ र कृष्ण पुनको नाम पार्टीले सिफारिस गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्